बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् । गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ ।
दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयानुसार नै विद्यालय बन्द हुने भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए । गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयका पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने पुनः सञ्चालन रहने जनाइएको छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन् । सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्