काठमाडौँ । नेपालमा शुक्रबार ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार ७ सय ९१ पिसिआर परिक्षणका क्रममा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ एन्टीजेन परिक्षणका क्रममा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ६ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ४ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४२ हजार ४ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्