काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे । निरजले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । लक्ष्मण रुचालको कर्नरमा उनले डाइभिङ हेडमार्फत सुन्दर गोल गरे । निरजको लिगमा यो तेस्रो गोल हो । यस गोल जारी लिगको ५० औं गोल समेत हो ।
यस जितसँगै संकटाले ४ खेलमा ८ अंक जोडेको छ । संकटाको यो लिगमा दोस्रो जित हो । पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । खेलमा संकटाका निरज म्यान अफ दि म्याच चुनिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्