संघीय चुनावको बिषयलाई लिएर शीर्ष नेताहरुबीच सहमति नहुदा विहीबार बोलाइएको समन्वय समितिको स्थगित बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
विहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच यसै बिषयलाइ लिएर भेटवार्ता समेत भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्