काठमाडौै । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल गरेको थियो ।
खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्