पाँचथर । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।
भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्