न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपीओ खुल्यो , असोज १९ गतेसम्म आवेदन दिन सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आज शुक्रबारदेखि आइपीओ जारि गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । लगानीकर्ताले प्रतिकित्ता अंकित मूल्य १०० मा आवेदन दिन सक्नेछन् ।

कुल आइपीओमध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । र बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

उक्त सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्