आजको मौसम (२०७८ आश्विन १६ गते ,शनिबार)

Ad
  • कालोपाटी सम्बाददाता

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको  सामान्य प्रभाव नेपालमा परेको छ।

हाल  देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ।  बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले  बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १६ गते (शनिबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

२०७८ आश्विन  गते (आइतबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन  गते (सोमबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर  आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्