थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

कोरोना भाइरस
Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा शनिबार थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ५ सय ९८ पिसिआर परिक्षणका क्रममा ६ सय ५९ जना र २ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८८ हजार ५ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार १ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६७ हजार ८ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३९ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्