घट्यो जनकपुर बमकाण्डका योजनाकार सञ्जय साहको सजाय

Ad
  • कालोपाटी सम्बाददाता

उच्च अदालत जनकपुरले जनकपुरमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’को सजाए घटाएको छ। अदालतले सञ्जय साह ‘टक्ला’को  १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको हो । दुई साता लामो बहसपछि न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले सजाय घटाउने निर्णय गरेको हो  ।

सजाय घटे पनि बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ ।

२०६८ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए । संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दवाव दिन मिथिला राज्य संघर्ष समितिले धर्ना कार्यक्रम गरेको ठाउँमा विस्फोट गराईएको  थियो ।

पहिले उक्त घटनाको जनतान्त्रिक तराई मुक्ती मोर्चाका राजन मुक्ती समूहले जिम्मा लिएको भए पनि पछि सञ्जय साह लगायतले घटनाको योजना बनाएको खुलेको थियो ।

सञ्जय साह ‘टक्ला’को मुद्दामा २०७५ साल चैत १४ गते जिल्ला अदालत धनुषाले साह सहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहर सहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतले घटनामा संलग्न रहेको ठहर सहित सुरेश कुमार कर्ण, जय प्रकाश चौधरी, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालतबाट पनि सदर भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्