भाडा समायोजनको माग राख्दै काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायात बन्द

Ad
  • कालोपाटी सम्बाददाता

भाडा समायोजनको माग राख्दै काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार सेवा बन्द गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालकोे आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो । यातायात व्यवसायीहरुले उपत्यकाका बिभिन्न स्थानमा सडकमा नै आफ्ना बस, ट्याक्सि लगाएतका सवारी रोकेका छन् ।

व्यवसायीको प्रदर्शनका कारण चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । अन्य समयको तुलनामा सोमबार गाडी कम हुँदा सडकमा सर्वसाधारण समस्यामा परेका छन् । ट्याक्सि यातायात व्यवसायी टेकराज सोडारीले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि विरोध गर्नुपरेको बताए ।

सरकारले आफुहरुको माग पुरा नभएको भन्दै यसअघि यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका थिए । तर आफुखुसी भाडा बढाएको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्