गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको जानकारी दिए।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्