आज पनि संसद बैठकमा एमालेको विरोध, अर्को बैठक शुक्रबार बस्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

तर एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नारावाजी नरोकेपछि विरोधकाबीच कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६(०७७ पेस गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक श्क्रबार बस्ने भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्