सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि उनी निर्णायकमा छनोट भएको छन् । एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स) मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायकमण्डलमा रहेका थिए । चीनकै उसि सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन् । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्