बुधबार ६८.४७ अंकले बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ । । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ ।

बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा समूह ४०७ अंकले बढेको छ भने लघुवित्त २९६ र जीवन बीमा २५७ अंकले बढेको छ । विकास बैंक २२४ अंकले उक्लिएको छ ।

१३ कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ । बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास लघूवित्त, नयाँ सारथी, मिथिला लघुवित्तलगायतको सेयरमा पोजेटिभ ‘सर्किट’ लागेको छ । साताका सुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्