आजको मौसम (२०७८ आश्विन २३ गते ,शनिबार)

Ad
  • कालोपाटी सम्बाददाता

हाल   प्रदेश नं १ र बांकी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा  सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

२०७८ आश्विन २३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन २४ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही  बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २५ गते (सोमबार)

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्