आईतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्