औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको हो : बालकृष्ण खाँण

Ad
  • कालोपाटी सम्बाददाता

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन्  ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले मोतिपुर औद्योगिक क्षेत्र बनाउने स्थलमा आएर घर टहरा बनाएर बस्नेका संख्या बढ्दै गएकाले प्रशासले हस्तक्षेप गरेको बताएका हुन्  । प्रशासनले पटक पटक हट्न आग्रह गर्दा पनि नमानेपछि सुरक्षा निकाय पुग्दा आक्रमण भएको उनको भनाई छ । आइतबारको घटनामा सशस्त्र प्रहरीका १९ जना, जनपथका २४ भन्दा बढि घाइते भएको र प्रहरीले आफ्नो जीवनरक्षाका लागि गोली चलाउदा चार जनाको मृत्यु भएको गृहमन्त्रीले बताए  । उनले घटनाका बारेमा सरकार दुखी रहेको र सरकार संवादबाटै समाधान खोज्न तयार रहेको धारणा राख्नुभयो । गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण हुन नदिने स्पष्ट पारे  ।

मोतिपुर क्षेत्रमा जग्गा कब्जा गर्न गएको समूह र प्रहरीको झडपमा चारजनाको मृत्यु र दर्जनौं घाइते भएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्