भुतपुर्व गोर्खा सैनिकहरुको पेन्सन अप्डेटको काम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

भारतीय भुतपुर्व गोर्खा सैनिकहरुको पेन्सन अप्डेटको काम धरान स्थिती भारतीय शैनिक पेन्सन कार्यालयले उदयपुर जिल्लाको बेल्टारमा एक्दिने क्याम्पको आयोजना गरेर सम्पन्न गरेको छ ।

सोमबार उदयपुरमा पेन्सन लिने भारतीय भुतपुर्व सैनिक संख्या लगभग ५ सयको संख्यामा रहेको भारतीय गोर्खा शैनिक पेन्सन कार्यालय धरानले जनाएको छ । भारतीय भुतपुर्व गोर्खा सैनिकहरुमा पेन्सन पाउने बृद्ध, असक्त, महिलाहरुको सहजताको लागी जिल्लामै पुगेर उनिहरुको जिवित प्रमाण पत्र अप्डेट गर्ने कार्य गरेको हो ।

भारतीय भुतपुर्व शैनिकहरुको पेन्सन अफिस नेपालको काठमाण्डौ, पोखरा र धरानमा रहेको छ । जिल्ला जिल्ला मै पुगेर पेन्सन प्राप्त गर्नेहरुको जिवित प्रमाण पत्र, हकवालाको प्रमाण पत्र अप्डेटको कार्य गर्ने कार्यक्रम अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थिती भुपु शैनिक भवनमा पुगेर भारतीय भुतपुर्व गोर्खा शैनिक पेन्सन अफिस धरानले जिवित प्रमाण पत्र दिने कार्य सम्पन्न गरेको छ ।

हरेक बर्ष यसरी नै जिवित प्रमाण पत्र, हकवालाको प्रमाण पत्र अप्डेटको कार्य गर्ने गरेको भुतपुर्व गोर्खा शैनिक पेन्सन अफिस धरानले जनाएको छ । यसरी हरेक बर्ष पेन्सन अप्डेट गरेर प्रमाण पत्र हस्तान्तरण गर्दा भबिष्यमा कुनै समस्या नआउने र पेन्सन प्राप्त गर्नेको हकवाला को हो भन्ने मा समेत समस्या उत्पन्न नहुने भुतपुर्व गोर्खा सैनिक पेन्सन कार्यालय धरानका प्रमुख सहरक्षक सर्जरी मेजर अभिशेक सिंहले बताएका  छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्