‘विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम’ : मुख्यमन्त्री पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मानयता, संस्कार र पर्वलाई समयानुकूल बनाउनुपर्ने बताएका छन् । विजयादशमी २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार प्रवृत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधतायुक्त सुन्दर राष्ट्र भएको उल्लेख गर्दैै शुभकामना सन्देशमा उनले भनेका छन्, “विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो ।”

सबै जाति, भाषा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको उल्लेख गर्दै उनले सन्देशमा दशैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्। साथै यसलाई थप विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको आवश्यकता भएको सन्देशमा जनाइएको छ ।

आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा पर्व मनाउन सम्पूर्ण देश र विदेशमा रहेका नेपालीमा अनुरोध गर्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा कोभिड-१९ को खतरा अभैm कायमै रहेकालेसरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाइ खुसीयाली साट्न जोड दिएका छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्