पुरिए सडकका खाल्डाखुल्डी

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थियो ।

उहाँको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हुँदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । सडक मर्मतको सोमबार प्रजिअ शर्मासमेतको टोलीले अनुगमनसमेत गरेको छ ।

स्थानीयवासीको अवरोध र ढल निकासको सहज व्यवस्था नहुँदा हरेक वर्ष डुबानमा पर्ने उक्त सडकखण्ड यस वर्ष पनि वर्षामा ठूला–ठूला खाडर परेर पुरोना बाटो थिमि भएर ओहोरदोहोर गर्ने सार्वजनिक एवं निजी सवारी साधनले निकै समस्या व्यहोर्दै आएका थिए भने वर्षामा पटक–पटक दुर्घटनासमेत भएको थियो । प्रजिअ शर्माले निकोसेरा सडक मर्मत भएजस्तै विभिन्न आयोजनाले अरु सडक पनि मर्मत गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी सडक विस्तारका क्रममा खाल्डाखुल्डी भएको बालकोट सिरुटार बिरुवा सडकखण्डको सिरुटार सडक पनि मर्मत गरी खाल्डाखुल्डी पुरिएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए । कमलविनायक खरिपाटी नगरकोट सडक भने मर्मत गरिएको छैन । पन्ध्र किलोमिटर सडक निर्माणको छ पटकसम्म म्याद थप गरे पनि अझै निर्माण सम्पन्न नभएको यो सडकखण्डमा सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ ।

एकातिर सडकमा खाल्डाखुल्डी र अर्कोतर्फ सडकको दायाँबायाँ महिनौँदेखि ग्राइबेलको थुप्रो राख्दा सवारीसाधन आहोरदोहारो गर्न निकै कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाका अन्य भित्री सडकमा समेत दसैँ अगाडि मर्मत हुन नसक्ने भन्दै मर्मतमा अटेर गरेका छन् ।

दशैँलगत्तै सबै सडकको अनुगमन गर्ने र मर्मत नभएका सडक तिहार अगाडि नै मर्मत गर्न लगाइने प्रजिअ शर्माले बताए । जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न उनले आफ्नो कार्यालयमा सरोकारवाला निकाय बोलाएर आइतबार दिउँसो निर्देशन दिएका थियो । जिल्ला जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्लाका चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जीनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्