अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए ।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट उडान थपेर भएपनि सेवा दिइरहेका थिए । विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार/चार तथा गुण एयरलाइन्सले एकवटा उडान भर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्