थप ५१३ जनामा कोरोना संक्रमण पुष्टी, ८ संक्रमितको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९७२ जनाको पीसीआर परीक्षणमा ४३८ र १ हजार ९५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८१७जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्