तिहारका लागि ल्याइएका ३ लाख बराबरको पटाका बरामद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाण्डौ । तिहारका लागि ल्याइएका ३ लाख बराबरको पटाका बरामद भएको छ । रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न वडाबाट ३ लाख ३ हजार ८ सय बराबरको अवैध रुपमा ल्‍याइएका पटाका बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार जिल्लाका विभिन्‍न इकाइ प्रहरीहरुले कात्तिक ८ र ९ गते आ आफ्नो वडाबाट अवैध रुपमा ल्याइएका पटाका बरामद गरेको हो ।

उनका अनुसार सिद्धार्थ नगरपालिका-१ स्थित भारतबाट नेपालतर्फ ल्‍याउँदै गरेको ९० हजार बराबरको विभिन्‍न किसिमका पटाका प्रहरीले बरामद गरेको छ भने प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका २ झुण्डी बजारस्थित भारतबाट ल्‍याउँदै गरेको ६० हजार ५ सय बराबरको विभिन्‍न किसिमको २६२ प्याटेक पटाका बरामद गरी नष्ट गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनि रुपन्देही र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरीले लुम्बिनी सास्कृतिक नगरपालिका-१३ कालिदहस्थित खुर्सानी पटाका ४२० वटा, आलुबम पटाका ३५ वटा, रोल क्‍याप पटाका ४ प्‍याकेट र सलाई पटाका एक डब्बा गरी ३५६ हजार बराबरको पटाका नियन्त्रणमा लिइ नष्ट गरिएको छ भने रुपन्देही तिलोत्तमा नगरपालिका-१५ स्थित पत्थरडाँडाबाट भारतबाट ल्याउँदै गरेको चक्र बम पटाका १०२ प्याकेट, लम्बा बुलेट ५ प्याकेट, जुम्नु बुलेट ३ प्याकेट, मिनी फलास बुलेट बम ७ पोका, बोल क्याम्प ३ प्याकेट र झिझिरे पटाका २ प्याकेट गरी ३२ हजार बराबरको पटाका नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्