बैंकिङ कसूरको आरोपमा सुमन खरेल पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूरको आरोपमा सिन्धु विकास बैंक, दोलालघाट शाखामा कार्यरत सुमन खरेल पक्राउ परेका छन् । आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएका काभ्रेको भुलु गाउँपालिका-८ का ३१ वर्षीय खरेल पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले सोमबार काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्‍याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्