फ्यानको आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाण्डौ । पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ललितपुरको जाउलाखेल खेल मैदानमा सञ्चालन हुने मेला १२ गतेदेखि १५ गतेसम्म चल्नेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउन उदेश्यका साथ मेलाको आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिएका छन् । मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहने आयोजकले जनाएको छ ।

मेला प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्