भक्तपुरमा ग्‍यास लिक हुँदा घरमा आगलागी, कति भयो क्षति ?

Ad
  • कालोपाटी सम्बाददाता

कात्तिक, भक्तपुर। भक्तपुरमा ग्‍यास लिक हुँदा घरमा आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका(२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको हो । प्रहरिका अनुसार मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्