पोखराको उत्कृष्ट फिटनेस सेन्टर बब्स जिम तेस्रो वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा ५० प्रतिशतसम्मको छुट

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखराको लोकप्रिय फिटनेस सेन्टर बब्स जिम तेस्रो बर्षमा प्रवेश गरेको छ । प्रती महिना ५ हजार शुल्क रहेको बब्स जिममा वार्षिकउत्सवको अवसरमा एक हप्ता भित्र बुकिङ गर्ने बार्षिक ग्राहकलाई ५० प्रतिशत छुट उपलब्ध गराइएको बब्स जिमका अध्यक्ष बैभव पौडेलले जानकारी दिए । जिम कार्डियो, साउना, स्टिम, स्पा, क्रस सिट उपलब्ध जिममा दैनिक करिब ५० जनाले सेवा लिने गरेको पौडेलले बताए । बिहान साँढे ५ देखि बेलुका ८ बजे सम्म सन्चालन हुने जिममा कोरोना कहर अगाडि दैनिक करिब सय जनाले सेवा लिने गरेको पौडेल बताउँछन् ।

बब्स जिमका सन्चालक समेत रहेका जिम प्रशिक्षक केशव उदास र पावर लिफ्टिङ नेशनल च्याम्पियन ज्योती थापाले जिममा प्रशिक्षण दिँदै आएका छन् । उदास मिस्टर माछापुच्छ्रे लगायत विभिन्न प्रतिस्पर्धाका बिजेता हुन् । सेलिब्रेटीहरुको समेत उत्कृष्ट रोजाइ रहेको जिममा घुमघाम तथा सुटिङको शिलशिलामा पोखरा आइपुगेका सेलिब्रेटी समेतले सेवा लिएका छन् । कलाकारहरु राजेश हमाल, रमेश उप्रेती, प्रशान्त तामाङ, सन्दीप क्षेत्रीको पोखरा भ्रमणको जिम गन्तव्य बब्स जिम बन्ने गरेको छ । क्रिकेटर पारस खड्का, भलिबल खेलाडी सिपोरा गुरुङ, मिस्टर बुल्स म्यान तथा धर्मश्री बिजेता मिलन सिजापती, बडि बिल्डिङ वल्ड च्याम्पियन महेश महर्जन पोखरा बसाइमा फिटनेसका लागि बब्स जिम पुग्ने गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्