नबिल बैंकद्धारा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउापालिकाको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गााउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरेका छन् । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेकको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्