सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसर दन्त परिक्षण कार्यक्रम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १८औं वर्षमा प्रवेश गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कात्तिक ८ गतेका दिन बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताब्यापी बार्षिक उत्सव कार्यक्रमको शुरुवात गरेको जानकारी गराएको छ । उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएका थिए ।

डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्