सर्वोच्चका कानून व्यवसायी हड्तालमा, न्यायाधीशहरूबिच गम्भिर छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सर्वोच्चका कानून व्यवसायी हड्तालमा उत्रिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्नेगरी हड्ताल सुरुगरेका हुन् ।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । यता सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ । आज बिहान ११ बजे उनीहरू छलफलमा जुट्दैछन् ।

न्यायालयको गरिमामा आँच आउने काम गरेको आरोप लागेपछि प्रधानन्यायाधीश जबरा एक्लिएका छन् भने नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि उनको राजीनामा माग गरेका छन् । राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्