रुकुमको सोती घटनामा आजबाट साक्षीको बकपत्र सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रुकुमको सोती घटनामा आजबाट साक्षीको बकपत्र सुरु भएको छ । अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु भएको हो ।

जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिएका छन् भने उनका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ । उनीहरुको बकपत्र आगामी शुक्रबारसम्म गराइसक्ने योजना छ ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्