नेपाल बंगलादेश बैंकले बोलायो मंसिर २ गते वार्षिक साधारणसभा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल बंगलादेश बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २ गते बिहिबार वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव परित गर्ने भएको छ ।

सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुने भएको छ । यसको लागि बैंकले सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने भएको छ । सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ कात्तिक १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्