सामुदायिक विद्यालयसँग प्रस्ताव माग

Ad
  • कालोपाटी सम्बाददाता

कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटाँैडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ । सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ । सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिनुभयो ।

माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको प्रयोगशाला निमार्णका लागि प्रस्ताव माग गरिएको बताइएको छ ।

विद्यालयहरुबाट प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन गरेर आवश्यकता र औचित्यका आधारमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताउनुभयो सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ । यसैबीच हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रहेका १२२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ( इएमआइएस) नबुझाएको जनाइएको छ ।

त्यस्तै ९३ विद्यालयले तोकिएको समयभित्र इएमआइएस बुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । जसअन्तर्गत ६२ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस बुझाएको छ भने १४ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस नबुझाएको बताइएको छ । इएमआइएस नबुझाएको सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने महाशाखाप्रमुख रिमालले बताउनुभयो । समयमै इएमआइएसकै कारण शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने महाशाखाले जनाएको छ ।–RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्