गैँडाको आक्रमणबाट कञ्‍चनपुरका एक पुरुषको घाइते

Ad
  • कालोपाटी सम्बाददाता

कञ्‍चनपुर । गैँडाको आक्रमणबाट कञ्‍चनपुरको एक पुरुषको गम्भीर घाइते भएको छगैँडाको आक्रमणबाट कञ्‍चनपुरको एक पुरुषको गम्भीर घाइते बेलौरी नगरपालिका–४ शान्तिनगर घर भई अन्दाजी ५० वर्षीय बलराम राना थारु गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । उनि च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका थिए ।

गैँडाको आक्रमण बाट गम्भीर घाइते भएका राना थारुको को ढाडमा गहिरो घाउ भएको छ । उनलाई अहिले बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । गैँडाले रानालाई घाइते बनाएको खबर डिभिजन वन कार्यालयका सूचना अधिकारि शिवराज अवस्थीले बताए ।

सत्यतथ्य बुझ्न का लागि कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको अधिकारिले बताएका छन् । राना थारुलाई गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्