बालबालिकालाई फाइजर बायोइन्टेक खोप लगाउन अमेरिकी विज्ञको सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

 

, काठमाडौं । बालबालिकालाई फाइजर बायोइन्टेक खोप लगाउन अमेरिकी विज्ञले सिफारिस गरेको छ । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई मध्यनजर गरदै थो सिफारिस गरेको हो ।
एफडीए अमेरिकाको खाद्य तथा औषधि विभाग का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ ।

बालबालिकाकालागि सुरक्षित रहेको यो खोप सेप्टेम्बरमा उत्पादक कम्पनीले आफ्नो परीक्षणबाट फाइजररबायोइन्टेक खोप नियमनकर्तासमक्ष पेश गरिएको र परीक्षण नतिजा यो उमेर समूहका बालबालिकामा सशक्त एन्टीबडी निर्माण हुने देखाएको थियो हाल १२ वर्षमाथिका बालबालिकालाई उक्त खोप यसअघि अमेरिकामा दिन थालिएको छ । पछिल्लो निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

एफडीए र सीडीसी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अनुमति दिएपछि उक्त निर्णय लागू हुनेछ । यो खोप लगाएपछि यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमभन्दा फाइदा धेरै भएको एफडीएका विज्ञले बताएका छन् ।

उक्त खोप वयस्कलाई दिइने खोपको एकतिहाई मात्रा अनुमित पाउन साथ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ ।

यसैबीच, सोमबार मोर्डनाले परीक्षणबाट ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको शरीरमा आफ्नो खोप लगाउँदा ‘भाइरसलाई जित्ने सशक्त एन्टीबडी’ उत्पादन हुने देखिएको र नियमनकर्ता समक्ष परीक्षणको नतिजा पेश गरिने बताएको छ ।
बेलायतले भर्खर मात्रै १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड खोप दिन सुरु गरेको छ । स्वास्थ्य अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक डोज खोप लगाउन सिफारिस गरेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्