चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो ।उहाँका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ ।

यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्