२ वर्षपछि हत्‍यामा संलग्‍न अभियुक्त पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । २ वर्षपछि हत्‍यामा संलग्‍न अभियुक्त पक्राउ भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्‍यामा संलग्‍न फरार २४ वर्षीय जय सिंगार , मकवानपुरगढी नगरपालिका फुलबारी घर भइ ललितपुर महानगरपालिका ९ मा बस्‍दै आएका छन् ।

महानगरीय अपराध महाशाखा अनुसार उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको बताएको छ । उनले ३३ वर्षीय हरी खड्कालाई २०७६ साल साउन २४ गते उदयपुर कटारी घर भइ ललितपुर बालकुमारीमा बसी मूर्ति बनाउने काम गर्नेलाई कुटपिट गरी हत्‍या गरेका थिए । उक्त घटना सिंगार सहित पाँचजना ुसंलग्न थिए । हत्‍यापछि उनिहरु फरार भएका हुन ।
यस घटनामा संलग्‍न रहेको सिंगार सहित पाँचजना अभियुक्तलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरमा आवश्‍यक कारबाहीका लागि पठाइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्