झापाको छुट्टाछुट्टै दुर्घटनामा परि दुई घाइते एक जनाको मृत्यु,

Death
Ad
  • कालोपाटी सम्बाददाता

गौरादह । झापाको छुट्टाछुट्टै दुर्घटनामा परि दुई घाइते एक जनाको मृत्यु, भएको छ । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो । गएराति राति ९ बजे दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । -RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्