एक युवक नक्कली नोटसहित महोत्तरीबाट पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । डुमरवानाका एक युवक नक्कली नोटसहित महोत्तरीबाट पक्राउ भएका छन् । बिहीबार बिहान प्रहरीले ४४ वर्षीय सुकन महतोलाई गौशाला नगरपालिका–९ डुमरवानाबाट पक्राउ गरेको

हो । पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली र दुई लाख ८० हजार ९२९ रुपैयाँ भारतीय नोट प्रहरीले बरामद गरेको छ ।

गौशालास्थित इलाका प्रहरी कार्यालय को अनुसार बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा पक्राउ परेका महतोलाई बरामद नोटसहित पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रहरीले जनाए ।

बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने यकिन गर्न बाँकी रहेको छ । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट सजिलै छुट्याउन सक्ने प्रहरीले बताएका हुन।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्