गाजा र चरेससहित काठमाडौंको नरेफाटबाट तीन युवक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गाजा र चरेससहित काठमाडौंको नरेफाटबाट तीन युवक प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित प्रहरीले पक्राउ
गरेको छ ।
नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरुलाई काठमाडौंको नरेफाटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका घर भइ हाल ललितपुर महालक्ष्मीस्थान बस्‍दै आएका २८ वर्षीय विवेक रुम्बा , काठमाडौं महानगरपालिका ३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर कैलास गाउँपालिका १ घर भइ हाल काठमाडौंको बालाजुस्थित बोराटार बस्‍दै आएका १९ वर्षीय युवराज स्याङबो रहेका छन् ।

नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरुलाई काठमाडौंको नरेफाटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्