१८औँ हस्तकला व्यापार मेला मङ्सिर ३ देखि ५ सम्म

Ad
  • कालोपाटी सम्बाददाता

१८औँ हस्तकला व्यापार मेला मङ्सिर ३ देखि ५ सम्म काठमाण्डौमा हुने भएको छ । हस्तकला व्यापार मेला आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । विगत वर्षजस्तै यस वर्ष पनि १८औँ एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा नेपाल हस्तकला महासङ्घले
गर्न लागेको हो ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जानकारी
महासङ्घले बिहीबार पत्रकार सम्मेलन मा भनेको छ ।

मेलामा नेपाली हस्तकलामा १२० कक्ष रहने सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले बताउनु भयो । उहाँले नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको बताउनुभयो । महासङ्घका अनुसार मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनको जानकारी अनुसार हस्तकला व्यापार मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्