वृद्धको शव बेवारिसे अवस्थामा फेला

Ad
  • कालोपाटी सम्बाददाता

सोलुखुम्बु  । माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

नामथर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्