सोमबारबाट शुरु भएको यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली बिहीबार बन्द भएको छ ।

सोमबारबाट शुरु भएको यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्राविधिक समस्या देखिएपछि विभागले अनलाइन प्रणाली बन्द गर्नुपर्‍यो । प्रणालीमा एकै दिनमा १५ लाखपटक ‘हिट’ र एकैपटक ठूलो संख्यामा ‘भिजिटर’ आएपछि सिस्टम नै सुस्त हुन पुगेको हो । ​यसअघि आवेदन भरेका करिब साढे २ लाख व्यक्तिको पालो अझै आएको नै छैन भने यता सोमबार देखि बिहिबार सम्म मात्रै करिब २ लाख ५० हजारले आवेदन भरेका छन् ।

विभागका कम्प्युटर इन्जिनियर पवित्र डंगोलका अनुसार अनलाइन प्रणालीमा देखिएको समस्या समाधान गरेर फेरि सञ्चालनमा ल्याइसकिएको छ ।
‘बिहीबार रातिबाटै प्रणाली फेरि सञ्चालनमा आएर फारम भर्ने काम सुरु भएको छ,’ उनले भने,’एकैपटक ठूलो संख्यामा सेवाग्राही प्रणलीमा आएर केही ‘स्लो’ हुने समस्या देखिएको हो ।
लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताए पनि विभागले सेवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकिरहेको छ । अहिले आवेदन भरेकाहरुको कतिपय कार्यलयले २०२२को नोभेम्बरसम्म ‘एपोनमेन्ट मिति’ दिइसकेको छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक(फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

तर, लाइसेन्सको परीक्षाको मिति नै एक वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निरास छन् । सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा चालकहरू बढी प्रताडित छन् । नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्