नुवाकोटमा पुर्न १७ सङ्क्रमित थप

Ad
  • कालोपाटी सम्बाददाता

त्रिशूली । नुवाकोटमा पुर्न कोरोना १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण ​पुष्टि भएको हो ।

​त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका व्यक्तिबाट सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणमा ५५ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको हो ।
विदुर नगरपालिकामा हाल ६३ र बेलकोटगढीमा नौ सक्रिय सङ्क्रमित छन् । किस्पाङ र सूर्यगढीमा आठ÷आठ, तारकेश्वर, ताँदी र म्यागङमा चार÷चार तथा लिखुमा दुई जनामा सङ्क्रमण पुष्टि
​भएको छ ।

ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका भने कोरोना सङ्क्रमित छैनन् । सङ्क्रमित ११ जनालाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ । दश जनालाई स्थानीय तहको आइसोलेसन केन्द्रमा राखिएको छ । बाँकी ८१ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्