नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताउनुभयो ।

नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारी बताउनुहुन्छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्