‘ब्लड क्यान्सर’पीडित बालकको उपचारार्थ रकम अभाव

Ad
  • कालोपाटी सम्बाददाता

वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्नुभएको छ ।अर्थावस्था कमजोर रहेका ब्लड क्यान्सरपीडित कटुवालको पाँच महिनादेखि काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

बालकको उपचारमा आर्थिक समस्या भएको सामाजिक सञ्जालमा देखेपछि थोेरै भएपनि आर्थिक सहयोग गरेको पत्रकार राईले जानकारीदिनुभयो । सोही अवसरमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं अनुशासन विभाग प्रमुख टङ्क राईले नगद रु तीन हजार प्रदान गर्नुभएको छ । बालकको उपचारमा अहिलेसम्म रु साढे चार लाख खर्च भइसकेको बुवा लेखबहादुर कटुवालले बताउनुभयो । “छोराको उपचारका लागि अस्पतालले रु २५ लाख मागेको छ”, उहाँले भन्नुभयो “आफूसँग एक पैसा छैन । नाबालक छोराको ज्यान बचाइदिन सबैसँग हातजोडेर अनुरोध गरिरहेको छु ।”

गत साउनदेखि उपचाररत बालकको उपचारमा यसअघि लागेको खर्च पनि ऋण काढेर गरिएको पीडित परिवारले बताएका छन् । काठमाडौँमै कोठा भाडामा लिएर उपचार गराइरहेको बालकलाई दैनिक परीक्षणमा अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्