सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ गरिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ ।

कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । वकिल र पत्रकार बाहेक केही विद्यार्थीहरु पनि नेपाल बारको कार्यालयमा छिरेका थिए तर उनीहरुलाई सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् ।

सर्वोच्च अदालतका कर्मचारीहरु र प्रवेश पास भएकालाई परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । अन्यलाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिइएको छैन ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्