व्यवसायी किसान सङ्गठित

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ , बागलुङका बीउ व्यवसायी किसानको भेलाले निर्मला जिसी पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । सङ्घकोे उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर तथा सदस्यहरुमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन हुनुभएकोे छ ।

भेला शुभारम्भ गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताउनुभयो । कृषिबाट प्रदान हुने सेवा सुविधा सबै किसानले पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्