६५० मिलिग्राम ब्राउन सुगरसहित ३ युवक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बिसी, सोही नगरपालिका २ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय र २३ वर्षीय बखत बि क रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुुसार प्रहरीले उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार चारसय असि  रुपैयाँ नगद समेत बरामद गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारि दिएको छ ।

 

 

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्